
बोलपत्र आह्वान (Call for Bid) [सामाग्रीहरू]
Announcement LI-BIRD posted 10 months agoJob Description
जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) वि.सं. २०५२ मा पोखरामा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । ली–बर्ड प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनका लागि स्थानीय प्रयासहरूको पहिचान तथा प्रवद्र्धनका माध्यमबाट ग्रामिण भेगमा बसोवास गर्ने महिला, गरीब तथा सिमान्तकृत कृषक समुदायको जिविकोपार्जनमा सुधार ल्याउन प्रतिबद्ध छ ।
लि–बर्डद्वारा सञ्चालित सक्क्षम (SAKSHAM) परियोजनाका लागि निम्न सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले इच्छुक तथा योग्य विक्रेतालाई यो सूचना प्रकाशित भएको मितिले ८ (आठ) दिन भित्र ली–बर्ड प्रधान कार्यालय, गैह्रापाटन पोखरा अथवा ली–बर्ड कार्यक्रम समन्वय कार्यालय, सानेपा, ललितपुरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।
आवश्यक सामग्रीहरुको विवरण
क्र.सं |
सामग्रीहरुको विवरण |
इकाइ |
परिमाण |
कैफियत |
१ |
Laptop |
थान |
६ |
सामग्रीहरुको विस्तृत विवरण बोलपत्र आवेदन फाराम (प्राविधिक फारम) मा उल्लेख गरिएको छ ।. |
२ |
Projector |
थान |
१ |
|
३ |
Printer |
थान |
१ |
|
४ |
Inverter with Battery |
सेट |
१ |
|
५ |
Motorcycle |
थान |
४ |
|
६ |
Scooter |
थान |
२ |
पेश भएका बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार ली–बर्डमा सुनिश्चित रहने छ । शिलबन्दी बोलपत्र संस्थाको केन्द्रीय कार्यालय, पोखरा अथवा कार्यक्रम समन्वय कार्यालय, सानेपामा मिति २०७८ चैत्र २९ गते बेलुका ५ः०० बजेभित्र दर्ता गराउनु पर्नेछ । बोलपत्र आवेदन फाराम (प्राविधिक फारम र वित्तिय फारम) मा संलग्न विवरणहरु तथा तिनमा उल्लेखित शर्तहरुलाई यसै सूचनाको अभिन्न अङ्ग मानी अनिवार्य रुपमा पूरा गर्नुपर्नेछ । प्राविधिक फारम र वित्तिय फारम मिति २०७८ चैत्र २२ गतेबाट २०७८ चैत्र २८ गते विहान ९ बजे देखि बेलुका ५ बजेसम्म (शनिबार र आईतबार अफिस बन्द रहनेछ) ली–बर्डको केन्द्रीय कार्यालय, पोखरा तथा ली–बर्डको कार्यक्रम समन्वय कार्यालय, सानेपा, ललितपुरबाट रु. १००/- दस्तुर तिरि प्राप्त गर्न सकिनेछ ।
अन्य जानकारीको लागिः
ली–बर्ड कार्यालय,
गैह्रापाटन, पोखरा,
पोष्ट बक्स नं. – ३२४,
टेलिफोन नं.:– +९७७–६१–५७६८३४, ५८५३५७
वेभसाइटः www.libird.org