अदुवा वेसार खेती प्रविधि
aduwacvr
Year

April 2023

Description

अदुवा एक वर्षीय मसला बाली हो । नेपालमा अदुवा एक महङ्खवपूर्ण मसला तथा नगदे बालीको रूपमा परिचित छ । अदुवा आयुर्वेदिक औषधीहरु साथै तरकारी स्वादिलो बनाउन मसलाको रुपमा प्रयोग हुन्छ । अदुवाबाट बहुमूूल्य
ओलियोरेजिन जिन्जेरिन निकालिन्छ जसलाई खाद्यवस्तु स्वादिलो र वास्नादार बनाउन प्रयोग गरिन्छ । अदुवाबाट
जिंजर क्यान्डी, जिंजर पाउडर आदि परिकार तयार गरिन्छ । नेपालको अधिकांश मध्य पहाडी जिल्लाहरु र तराईका
केही जिल्लाहरु व्यवसायीक स्तरमा अदुवा खेती गरिन्छ । मुख्य व्यवसायिक स्तरमा खेती गरिने जिल्लाहरुमा भोजपुर,
धनकुटा, तेह्रथुम, सल्यान, तनहुंँ, पाल्पा, इलाम, झापा, मोरङ, सुनसरी, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, स्याङ्जा, कास्की,
गोरखा आदि हुन् । पूर्वाञ्चलका जिल्लाहरुमा खानाको लागि अदुवाको व्यापार बढी हुन्छ भने पश्चिमाञ्चलका
जिल्लाहरुमा ताजा तथा सुठो दुबै उत्पादन र प्रशोधन गरी बिक्री गर्ने चलन छ ।

बेसार बाली नेपालमा खेती गरिने महङ्खवपूर्ण मसला बालीहरुमध्ये पनि एक महङ्खवपूर्ण हो । बेसारको प्रयोग
सागसब्जी, माछा, मासु स्वादिलो बनाउन मसलाको रुपमा प्रयोग गरिन्छ भने नौनी, चिज, अचार, पेयपदार्थ, केक,
जेली तथा अन्य खाद्य पदार्थमा बासना र रङ प्रदान गर्न पनि यसको प्रयोग गरिन्छ । आयुर्वेदमा यसको प्रयोग बढी
नै भएको पाइन्छ । नेपालमा यसको खेती तराई र पहाड दुबै ठाउँमा गरिन्छ । झापा, सुनसरी, ताप्लेजुङ, धनुषा,
महोत्तरी, भक्तपुर, चितवन, बारा, नवलपरासी, पाल्पा, तनहुँ, सल्यान, दाङ, प्यूठान, डँडेल्धुरा, बझाङ, कैलाली यसको
व्यवसायिक खेती हुने जिल्लाहरु हुन् ।