चिसो सहने धानको खेती र बीउ–उत्पादन प्रविधि
Screenshot 2022-08-22 145301
Year

June 2016

Description

यो जानकारी–पत्र चिसो जलवायु भएका पहाडी भेगमा हुने ठन्डा सहने धानको खेती र बीउ उत्पादनमा केन्द्रित छ । नेपालमा समुद्र सतहबाट ६० मिटरदेखि ३,०५० मिटरसम्म धानखेती गरिन्छ । तर १,००० मिटरभन्दा माथिल्लो भेगमा धानको राम्रो उत्पादनको लागि चिसो खप्न सक्ने जैविक क्षमताको आवश्यकता रहन्छ । सामान्यतया १५ देखि २० डि ग्री से. वायु तथा पानीको तापमानमा फल्ने धानका जातहरू चिसो सहने (Cold Tolerant) जातहरू हुन् तर यिनमा चिसो सहने क्षमता बीउको उमारशक्तिदेखि फूल फुल्ने अवस्थासम्म फरक फरक रहन सक्छ ।