रातो कोदो: परिचय तथा खेती–प्रविधि
Screenshot 2022-08-16 180706
Year

November 2019

Description

कोदोको उत्पत्ति अफ्रिकी महादेशको इथियोपिया भन्ने देशमा भएको हो । यो घाँसे परिवारमा पर्ने एक–वर्षीय बाली हो । सुक्खा तथा चिस्यान कम हुने माटोमा पनि राम्रो उत्पादन दिने हुनाले कोदोबाली नेपालको पहाडी भेगमा प्रमुख बालीमध्येको एक मानिन्छ । नेपालको पहाडी तथा हिमाली क्षेत्रका बासिन्दाको खाद्यसुरक्षाका लागि धान, गहुँ र मकै पछाडिको मुख्य बाली नै कोदोबाली हो । नेपालका ७७ वटै जिल्लामा खेती गरिने कोदोको वैज्ञानिक नाम Eleusine coracana Gaertn. हो । हातका आंैलाजस्ता बाला हुने भएकाले यसलाई अङ्ग्रेजीमा Finger millet भनिन्छ । नेपालमा २ लाख ६३ हजार हेक्टर क्षेत्रफलमा कोदोखेती गरिन्छ, जसबाट १.१९ टन÷हेक्टरको औसतमा ३ लाख १४ हजार टनसम्म उत्पादन हुन्छ (कृषि डायरी, २०७६) । कोदोमा पर्याप्त मात्रामा पोषक तत्वहरु पाइने भएकाले गर्भवती महिला, बढ्दो उमेरका केटाकेटी, मधुमेह र उच्च रक्तचाप भएका बिरामीहरुका लागि यो उत्तम खाना हो । कोदोको मुख्यतः ढिँडो, रोटी खाने चलन छ भने यसको नल र दाना दुवै पशु आहाराका रुपमा प्रयोग गरिन्छ । यसका अलवा कोदो रक्सी तथा जाँड उत्पादनकार्यमा समेत प्रयोग भएको पाइन्छ । सीमान्तकृत जमिनमा पनि सहजै उत्पादन दिने र पौष्टिक तत्वले भरिपूर्ण यस बालीले खाद्य तथा पोषण सुरक्षामा पनि प्रमुख भूमिका निर्वाह गरेको छ ।