प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

२०७२ वैशाख २३ गते, बुधवार

पोखरा, कास्की

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख ५ रुपैयाँ सहयोग गरेको छ । हिजो पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यलयमा क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियालाई ली–बर्ड कार्यकारिणाी बोर्डका अध्यक्ष कृष्णप्रसाद बरालले ३ लाख ५ रूपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

चेक बुझ्ने क्रममा क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले ली–बर्डले यस विपद््को घडीमा भूकम्प पिडीतलाई तत्कालीन राहत र दिर्घकालिन पुर्ननिर्माण तथा पुर्नस्थापनाका कार्यक्रमहरू मार्फत काम गर्न देखाएको अग्रसरतालाई सराहना गर्नुभयो । प्रत्यक्ष रुपमा भूकम्प पिडितको राहतमा जुट्नुको अलावा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत सहयोग पुर्याएकोमा धन्यवाद ज्ञापन गर्दै, ली–बर्डले विशेषतः कृषि, जैविक विविधता तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा काम गर्ने भएकोले भूकम्पले क्षतविक्षत भएको माटोको सुरक्षा र त्यसलाई नवजीवन कसरी दिन सकिन्छ, सोको समेत विस्तृत अध्ययन तथा अनुसन्धान गरी सुझाव तथा सिफारीस गर्न समेत अनुरोध गर्नुभयो ।

आफ्ना दैनिक कार्य तथा परियोजनाका कामहरूलाई समेत थाती राखी ली–बर्डले भूकम्प पीडितका लागि विशेष राहत तथा पुर्नस्थापनाको कार्यक्रम अगाडि सारेको हो । ली–बर्डका कर्मचारी, सदस्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार एवं शुभेच्छुकहरूले स्वेच्छाले गरेका आर्थिक सहयोगबाट राहत सामाग्रीहरू खरिद गरिएको हो ।

विभिन्न ३ चरणहरूमा सञ्चालनमा आउने आकस्मिक राहत तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत पहिलो चरणमा विभिन्न स्थानमा राहत वितरण कार्यक्रम भैरहेको छ । हालसम्म तनहुँको पुर्कोट र छिम्केश्वरी तथा गोर्खाको भूम्लिङ्चोक र घ्यालचोक गाविसमा तत्कालका लागि अत्यावश्यक परेका त्रिपाल, खाद्य सामाग्री, कम्बल लगायतका सामानहरू वितरण गरिसकेको छ भने धादिङको जोगीमारा, नौबिसे र थार्के; दोलखाको नाम्दु र जुगु तथा सिन्धुपाल्चोकका मार्मीङ, चौकटी र कर्थली गाविसहरूमा पनि राहत वितरणसँगै पुर्नस्थापनाको काम तत्काल थालनी गर्ने योजना ली–बर्डको छ । जिल्ला स्थित जिल्ला दैवीप्रकोप उद्धार समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला रेडक्रस, गैरसरकारी संस्था महासङ्घ, जिल्ला कृषि कार्यलय तथा स्थानीय स्तरमा गाउँ विकास समिति, प्रहरी, गाविस सचिव, वडा नागरकि मञ्च, राजनीतिक दल, प्रहरी सहितको सर्वपक्षीय टोलीसँग सहकार्यमा यस राहत वितरण कार्यक्रम हुँदै आएको छ । त्यस बाहेक साहस नेपालसँगको सहकार्यमा रसुवाको गोत्लाङ र गोल्जुङ एवं परिवर्तन नेपालसँगको सहकार्यमा मकवानपुरको छतिवन, फापरबारी र राई गाउँमा राहतको कार्यक्रम अगाडि बढाइएको छ ।

त्यसै गरी हिजोदेखि तनहुँको पुर्कोटमा भूकम्पबाट क्षती पुगेका १८ सय ४३ वटा घरहरूको चेकजाँच तथा अनुगमनका लागि १० जना स्वयंसेवक इन्जिनीएरहरूको टोली पुगेको छ । पुर्कोट गाविसको सहकार्यमा उक्त टोलीले भूकम्पबाट क्षती पुगेका घरहरूको अनुगमन तथा चेकजाँच गरी बस्न योग्य भए नभएको, मर्मत गर्नुपर्ने भए मर्मतका लागि र पूर्ण रूपमा भत्काएर नयाँ घर बनाउनु पर्ने हो भने सोको विवरण तथा जानकारी पीडित घरधुरीलाई दिनेछ । उक्त अनुगमनबाट सङ्कलित सूचना गाविस तथा जिल्ला विकास समितिलाई समेत प्रदान गरिनेछ ।

थप जानकारीका लागिः

डा. बलराम थापा, कार्यकारी निर्देशक, ली–बर्ड, ०६१ ५३५३५७

Download PDF

Leave a Comment

Your email address will not be published. Required fields are marked *

*
*