पर्यावरणीय कृषि प्रवर्द्धन कार्यक्रम – दोस्रो चरण

Authors:

LI-BIRD
CRA II Project flyer-1
Year
March 2022

Description

मानिसहरुको शिक्षा र चेतनाको स्तर बढेसँगै रासायनिक मल तथा विषादी र अन्य पदार्थको प्रयोग नगरी उत्पादन गरिएका खाद्यान्नको माग बढ्न थालेको छ । स्वच्छ जल, जमिन, वायुमण्डल र समग्र वातावरणीय स्वच्छताको कुरा सबैको सरोकारको विषय भएको छ । यिनै कुरालाई मध्यनजर गरी ली–बर्डले ब्रेड फर द वर्ड, जर्मनीको आर्थिक सहयोगमा सिन्धुपाल्चोक र कास्की जिल्लामा वि.सं. २०७५ असोजदेखि २०७८ असोजसम्म ‘पर्यावरणीय कृषि प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गर्यो । यस कार्यक्रमबाट केही अनुकरणीय उपलब्धिहरु हासिल भएका छन् तर त्यसको निरन्तरता र दिगोपनाका लागि थप काम गर्नु आवश्यक भएकाले ‘पर्यावरणीय कृषि प्रवर्द्धन कार्यक्रम’ को दोस्रो चरण विकास गरिएको हो ।