Description
सारांश
कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क ले संयुक्त रूपमा वा एक्लाएक्लै रैथाने बालीमा आधारित विभिन्न अनुसन्धान र विकासमूलक परियोजनाहरू सञ्चालन गरिरहेको छ । यस्ता यासहरूबाट कर्णाली प्रदेशका रैथाने बाली तथा जातहरूको पहिचान, अभिलेखीकरण, संरक्षण तथा प्रवद्र्धन गर्ने विधि तथा तौरतरिकाहरू विकास भएका छन् । केही हदसम्म रैथाने जातका खेती गर्ने कृषक, संलग्न कृषक समूह तथा सहकारी र व्यवसायहीरूको आम्दानी वृद्धिमा टेवा पुगेको छ । रैथाने बाली प्रवद्र्धनका लागि गरिएका प्रयासहरू पूर्णरूपमा प्राङ्गारिक कृषि पद्धतिमा आधारित छन् ।
वि.सं. २०७० देखि २०७६ को अवधिमा जुम्लाको हाँकु र हुम्लाको छिप्रामा ली–बर्ड, नार्क र वायोभर्सीटी इन्टरनेशलनको संयुक्त प्रयासमा सञ्चालन भएको स्थानीय बाली परियोजनाले सामुदायिक बिउ बैँक स्थापना, दुधे चिनो, रातो कोदो र रातो मार्सेको विस्तृत अध्ययन गरी बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रमा दर्ताका लागि पहल र रैथाने जातमा आधारित खाद्य वस्तु उत्पादन तथा बिक्री प्रवद्र्धन गायतका क्रियाकलापहरू सञ्चालनमा टेवा पु¥याएको छ । यसका अतिरिक्त राष्ट्रिय जिनबैँकमा भएका रैथाने बिउहरू पनि पुनः परीक्षण गरी विस्तार गर्ने कार्य भएको छ । यस्ता प्रयासहरू प्रदेशभर विस्तार गर्न सकिएमा लोपोन्मुख अवस्थामा रहेका रैथाने बिउ तथा परम्परागत ज्ञानको संरक्षण र त्यसको प्रवद्र्धन मार्फत कृषकहरूको आम्दानी वृद्धि गर्न र कर्णाली प्रदेश सरकारले प्रदेशलाई प्राङ्गारिक बनाउन लिएको नीति तथा कार्यक्रम सफल बनाउन अवश्य टेवा पुग्ने छ ।