कालो नुनिया धान : परिचय तथा खेतीप्रविधि
Screenshot 2022-08-10 173757
Year

September 2020

Description

स्थानीय समूहसँग छलफल गरी कालो नुनिया धानका नमुनाहरु विभिन्न ३६ स्थानहरुबाट सड्ढलन गरिएका थिए । सन् २०११ देखि २०१५ सम्म गरिएको विभिन्न अनुसन्धान पश्चात् उत्कृष्ट देखिएका कालो नुनिया धानका दुई नमूनाहरुलाई मिसाएर यो जात विकास गरिएको हो । यसरी सहभागितामूलक बाली प्रजनन विधिबाट सुधार गरिएको स्थानीय कालो नुनिया धानको जात
बीउबिजन नियमावली २०६९, अनुसूची १, खण्ड (ख) अन्तर्गत अनुमोदन भई २६ साउन २०७७ को राजपत्रमा विधिवत रुपमा कालो नुनिया (उन्नत) को नामले पञ्जीकृत भइसकेको छ । परीक्षणमा समावेश गरिएका अरु जातहरुभन्दा यसमा रोग कम लाग्ने, बास्नादार र खाँदा नरम तथा ज्यादै मीठो हुने जस्ता गुणहरु रहेका छन् । स्थानीय किसानहरुले लगाइरहने कालो नुनियाभन्दा यसले
बढी उत्पादन दिने र यसको चामल पनि धेरै पर्ने हुनाले आर्थिक हिसाबले बढी लाभदायक छ ।