News Published on Kantipur 26 Oct 2007

एकै थलामा सयौं जैविक विविधता
धान मात्रै नब्बे प्रजातिका

कुलचन्द्र न्यौपाने

पोखरा, कार्तिक ९ - समुदायको अग्रसरतामा चार वर्षदेखि सुरु गरिएको जैविक स्रोत संरक्षण अभियानले लेखनाथ नगरपालिकाको रूपाताल र बेगनास जलाधार क्ष्ाेत्रमा मात्रै एक हजार प्रजातिको जैविक विविधता अभिलेखीकरण गरेको छ ।

यो अभिलेखीकरण नेपालमै पहिलोपटक सुरु गरिएको हो । 'अब समस्या यसलाई कसरी पञ्जीकरण गर्ने भन्ने छ,' सामुदायिक जैविक विविधता अभिलेख -सीबीआर) का परियोजना अधिकृत अच्युतराज अधिकारीले भने- 'यससम्बन्धी कानुन नहुँदा आफ्नो सम्पत्ति पनि संरक्षण गर्न समस्या छ ।'

अभियानअन्तर्गत लेखनाथ नगरपालिकाको ४, ६, ९, १०, ११, १४ वडा र रूपाकोट गाविसका सिमसार क्ष्ाेत्रमा सन् २००२ देखि अभिलेखीकरण सुरु भएको हो । स्थानीयस्तरमा कृषक समूह, सामुदायिक तथा सहकारी संस्था, गाविस, नगरपालिका, जिविस र सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा यो अभियानमा तीन हजार घरधुरी परिचालन गरिएको छ ।

स्थानीयस्तरमा समूह गठन गरी जैविक विविधताबारे छलफल गर्नुको साथै तिनको खोजी गर्दै अभिलेखीकरण गर्ने कामसमेत स्थानीवासीले गरेका छन् । लेखनाथमा समुदायबाट भएको अभिलेखीकरण सफल भएपछि अन्य पाँच जिल्लामा पनि यसलाई विस्तार गरिएको छ ।

लेेखनाथ क्ष्ाेत्रमा अभिलेख गरिएकामध्ये नम्बे प्रजाति तथा उपजातिका धानबाली मात्रै फेला परेका छन् । 'अभिलेखीकरण गर्ने क्रममा यो ठाउँ विचित्रको लाग्यो,' अधिकारीले भने- 'यति सानो क्षेत्रमा यति धेरै उपजातिका धान विश्वमै भेटिएको छैन ।'

सिमसार क्षेत्रमा पाइने सेतो कमल, सहर माछा, नावो धान, सिमलकाँडा, बसाउने घिरौंला नेपालमै दुलर्भ मानिन्छन् । जनवारमा नेपालमै दुर्लभ मानिएको ओत बेगनासमा फेला परेको छ । यीलगायत दर्जनभन्दा बढी प्रजाति खतराको सूचीमा छन् ।

'तिनको संरक्षण बेलैमा नगर्ने हो भने नेपालबाटै सदाका लागि हराउने देखिएको छ,' अभियानका अध्यक्ष लेखनाथ ढकालले भने- 'सरकारले यसलाई आफ्नो सम्पत्ति बनाएर संरक्षण गर्ने काम चाँडो गर्नुपर्छ ।'

खतरामा पुगेका त्यस्ता वस्तुको संरक्षण गर्न अभियानले संरक्षण ब्लक बनाएर राखेको छ । 'संरक्षण गर्नुपर्ने थुप्रै जडिबुडी पनि छन्,' ढकालले भने- 'सरकारले पहिला यी अभिलेख भएका जैविक विविधिताको पञ्जीकरण गर्नुपर्छ अनि संरक्षण र बजारीकरणमा लाग्नुपर्दछ ।'

जैविकि विविधताको दृष्टिले नेपाल विश्वमा १६ औं धनी राष्ट्रमा पर्दछ । नेपालमा फूल फुल्ने र नफुल्ने मात्रै ७ हजार प्रजातिका वनस्पति छन् । तीमध्ये ३ सय ४६ रैथाने वनस्पति छन् ।

नेपालमा ८ सय ५० भन्दा बढी जातिका चरा फेला परिसकेका छन् । संसारमा पाइने चरामध्ये दस प्रतिशत नेपालमा पाइन्छन् । विश्वमा दुर्लभ भनेका चरा पनि नेपालमा प्रशस्त छ