खोले सागको उत्पादन र उपभोग किन ?

Year: 2021
Authors: Shambhu Basnet
Download File
Download File
Description:
खोले साग प्राङ्गारिक तरिकाबाट सजिलै उत्पादन गर्न सकिन्छ । यसबाट मानव स्वास्थ्यका लागि आवश्यक पर्ने धेरै प्रकारका पोषक तङ्खवहरु प्राप्त हुने भएकाले यसको उपभोग गर्नु राम्रो हुन्छ । यसमा पाइने भिटामिन ए र सी ले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नाका सथै अन्य पोषक तत्वहरुले उच्च रक्तचाप, क्यान्सर, मुटु र कोलेस्ट्रल जस्ता दीर्घ रोगलाई न्युनीकरण गर्न सहयोग पुर्याउने अध्ययनले देखाएको छ (Melissa, 2018) । यसको खेती गर्दा एकातिर चिस्यान रहिरहने जमिनको सदुपयोग हुन्छ भने अर्कातिर स्वास्थ्यकालागि पोषिलो तरकारी उत्पादन गरी उपभोग तथा विक्री वितरण गर्न सकिन्छ । यसको उत्पादन दुरदराजका गाउँदेखि शहरका कौसीखेतीमा समेत गर्न सकिन्छ । यसरी हेर्दा एकातिर दूषित पानीको शुद्धीकरण गर्न सक्ने र अर्कातिर मानवका लागि औषधीय गुण र रोग प्रतिरोधात्मक क्षमता बढाउनाका साथै पोषिलो पनि हुने भएकाले यसको उत्पादन तथा उपभोगका लागि सबैले प्रचारप्रसार तथा जनचेतना जोगाउनु पर्ने देखिन्छ ।

Related Publications