मूल्य–श्रृङ्खला विकास तालिम पुस्तिका

Year: 2021
Authors: Indeshwar Mandal, Shambhu Basnet
Download File
Download File
Description:
‘साना तथा सीमान्त कृत कृषकहरूका लागि जीविकोपार्जन सुधार परियोजना’ ‘ड्यान चर्च एड (डी.सी.ए.)’ को आर्थिक साझदे्ारीमा समविकास केन्द्र (इ.डि .सि .) नेपाल, डोटी; मालिका विकास सङ्घ (एम.डि .ओ.) नेपाल, अछाम; नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एन.एन.एस.डब्लु.), कञ्चनपुर; थारू महिला उत्थान केन्द्र, बर्दिया र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको साझेदारीमा जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) मार्फत सञ्चालित परियोजना हो । मूल्य –श्रृङ्खलाको परिचय र महत्वका साथै यस परियोजनाअन्तर्गत छानिएका बालीको खेती प्रविधिका बारेमा कृषकहरूमा यथेष्ट ज्ञान नभएको कुरा परियोजनाका क्रियाकलाम सञ्चालन, अनुगमन, तालिम तथा छलफलका क्रममा कृषक समुदायबाटै व्यक्त भएको थियो । यसका साथै, सम्बन्धित विषयमा भएका पुस्तक, पुस्तिका, पत्र–पत्रिकामा सहज पहुँच समेत नभएको साझेदार संस्थाका कर्मचारीहरूको गुनासो रहेको थियो । यिनै समस्या समाधानमा केही हदसम्म भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो सहयोगी पुस्तक तयार पारिएको हो । यो पुस्तकले कार्यक्रम सञ्चालन भएका पाँचवटै जिल्लाका साझेदार संस्थाका प्राविधिक कर्मचारीहरूलाई मूल्य–श्रृङ्खलामा आधारित भएर छानिएका कृषि बालीका लागि तालिम सञ्चालन गर्न सामग्रीको रूपमा सहयोग कुरामा विश्वस्त छौँ । थप जानकारीका लागि अन्य सामग्री पनि अध्ययन गर्दा बढी फाइदा हुनेछ । यो पुस्तक कृषि सहकारीकर्मीहरूका लागि पनि सहायक सिद्ध हुने आशा गरेका छौँ ।

Related Publications