माटाे र सिमेन्ट मिश्रित सामग्रीबाट पाेखरी निर्माण गर्ने विधि

Year: 2020
Authors: Sagar GC, Laxman Khatri, Pitambar Shrestha
Download File
Download File
Description:
खेतीपातीका लागि आवश्यक पानी सहज रूपमा उपलब्ध नहुने वा थोरै पानी उपलब्ध हुने स्थानहरूमा आकाशे पानी सङ्कलन, थोपा सिचँइ, जठुेल्ना को पानी सङ्कलन, प्लास्टिक पोखरी, सिमेन्टेड पोखरीजस्ता प्रविधिहरू अवलम्बन गरिएका पाइन्छन् । यी सबै प्रविधिहरूका आ–आफ्नै महत्व र विशेषता छन् । यसका साथै नेपालमा आकाशे पानी वा खेर जाने पानी सङ्कलन गर्न माटो र सिमेन्टको मिसावटबाट पनि पोखरी निर्माण गर्ने चलन शुरु भएको छ । नेपालका धेरैजसो किसानहरू साना किसान छन् र उनीहरूले धेरै लगानी गर्न सक्दैनन् । यस अवस्थामा प्लास्टिक पोखरी सस्तो भए पनि यसको आयुको कुनै भर नभएको र सिमेन्टेड पोखरी निर्माण लागत बढी हुने भएकाले यसको विकल्पका रूपमा माटो र सिमेन्टको मिश्रणबाट पोखरी निर्माण गर्ने प्रविधिको विकास भएको हो ।

Related Publications