रातो लट्टे : परिचय तथा खेती–प्रविधि

Year: 2019
Authors: Lalita Ale Magar, Pragati Babu Paneru, Niranjan Pudasaini
Download File
Download File
Description:
लट्टेबाली संसारमा पाइने विभिन्न पुराना बालीमध्ये एक हो । महाभारत हिमश्रृङ्खला र मध्य तथा दक्षिण अमेरिकी देशहरुमा परापूर्वकालदेखि नै लट्टेको खेती एवम् प्रयोग हुने गरेको पाइएकाले यो बाली अमेरिका र महाभारत क्षेत्रमा उत्पत्ति भएको मानिएको छ । रैथाने बाली भएकै कारणले नेपालका विभिन्न ठाउँमा यसलाई विभिन्न नामबाट चिन्ने गरिएको पाइन्छ । तराई तथा भित्री मधेसमा यसलाई ‘रामदाना’ भनिन्छ भने पहाडी क्षेत्रमा ‘लट्टे’ वा ‘लुँडे’ उच्च पहाड र विशेष गरी कर्णाली क्षेत्रमा यसलाई ‘मार्से’ तथा सुदूर पश्चिमको बैतडी, दार्चुलातिर यसलाई ‘बेत’,‘बेथे’ वा ‘चौलाई’ भन्ने गरिन्छ । पराूपर्वकाल देखि नै खेती हँुदै आइरहेको लट्टे/मार्से Amaranthaceae परिवार अन्तर्गत पर्दछ । यस रातो लट्टेको वैज्ञानिक नाम Amaranthus cruentus L. हो । माटोको उर्वरापन अनुसार मार्सेको बोट २ देखि ३ मि. सम्म अग्लो हुने गर्दछ । जुम्लामा मार्सेको विभिन्न प्रकारका प्रजातिहरुको खेती गरिने भए पनि धेरैजसो रातो मार्से, सेतो मार्से, रातो लडी मार्से र सेतो लडी मार्सेको खेती गर्ने गरिन्छ । यी मध्ये पनि उत्पादन तथा उपयोगिताको अधारमा रातो मार्से कृषकहरुले मन पराउने तथा लगाउने गरेको कृषकहरुको सामुहिक छलफलबाट जानकारीमा आएको छ । रातो फूल फुल्ने यस प्रजातिको मार्से कलिलो अवस्थामा हरियो हुने र परिपक्क हँुदै गएपछि पात तथा डाँठ रातो हुँदै जान्छ ।

Related Publications