पहेंलो सिमीः परिचय तथा खेती–प्रविधि

Year: 2018
Authors: Brinda Linkha, Niranjan Pudasaini
Download File
Download File
Description:
पहेंलो सिमी दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका १ र २ (साबिकको जुगु गा.वि.स.) मा पाइने एक स्थानीय सिमीको जात हो । यो पहेंलो सिमी दोलखा जिल्लामा मात्र नभई, देशका पुर्वी जिल्लाहरु (सङ्खुवासभा, धनकुटा, तेह्रथुम, इलाम, पाँचथर, ताप्लेजुङ, आदि) मा करेसाबारी तथा घरबगैंचा वा मकैसँगै मिसाएर (लसुन, मूलाबारीका डिल वरिपरीमा लगाउने प्रचलन धेरै पहिलादेखि नै रहिआएको छ । यस जातको सिमी करेसाबारी, घरबगैंचामा परापूर्वकालदेखि नै खेती गर्दै आएता पनि व्यावसायिक रुपमा यसको खेती हालसम्म कुनै ठाउँमा पनि गरेको पाइँदैन । यस जातको सिमीमा पुर्वी जिल्लाहरुमा कम मात्रामा अन्तर्जातीय विविधता पाइन्छ भने, दोलखा जिल्ला गौरिशङ्कर गाउँपालिका वार्ड नं. १,२ (साबिक जुगु गा.बि.स.) मा धेरै (४ वटा किसिम पाइए; ठूलो नरम बोक्रा भएको, गाढा पहेंलो दाना, सानो दाना दालमा मात्र प्रयोग गर्न मिल्ने, ठूलो दाना बोक्रा हल्का कडा भएको रहेको पाइयो । समुद्री सतहबाट ९५० मिटरदेखि २२०० मिटर उचाईसम्म खेती गर्न सकिने यसको खेती हरियो तरकारी र दाना उत्पादनका लागि गरिन्छ भने यसलाई बर्षे र हिउँदे गरी दुई सिजन खेती गर्न सकिन्छ । हरियोमा कोसे तरकारी र पाकेपछि दानाको दाल, गेडागुडी, बिरम्ला, क्वाँटी र अचारको रुपमा प्रयोग गर्न सकिने यो एक बहूपयोगी बालीमध्ये पर्दछ । बाली पाकेपछि यसका बोट र बोक्रा (खोष्टा) पशुहरुको घाँसको रुपमा प्रयोग गरिन्छ ।

Related Publications