कागुनोखेती र बीउ उत्पादन प्रविधि

Year: 2016
Authors: Krishna Hari Ghimire
Download File
Download File
Description:
विश्वका प्राचीनतम अन्नबालीहरूमध्ये कागुनो[Foxtail millet: Setaria italica (L.) Beauv.] पनि एक हो । नेपालको पहाडी क्षेत्रमा खेती गरिने यो बाली कोदोबालीअन्तर्गत पर्दछ । फ्याउराका पुच्छरजस्ता बाला हुने भएकोले अङ्ग्रेजीमा यसलाई फक्स्टेल मिलेट (Foxtail millet) भनिन्छ । नेपालका रामेछाप, गोरखा, लमजुङ, डोल्पा, जुम्ला, हुम्ला, मुगु, कालिकाेट, बाजुरा र बझाङ जि ल्लाहरूका असिञ् चित, कमसल, सीमान्त वा रूखो जग्गामा यसको खेती गर्ने गरेको पाइन्छ । नेपालमा कागुनोको औसत उत्पादन ८१५ के जी प्रति हेक्टर छ । पोषणका दृष्टिले प्रोटिन, चिल्लो पदार्थ र खनिज पदार्थका आधारमा धान र गहुँ भन्दा कागुनोलार्इ श्रेष्ठतर मानिन्छ ।

Related Publications