Press Releases

Local Initiatives for Biodiversity, Research and Development (LI-BIRD) is a non-profit making, non-governmental organization established in 1995 in Pokhara, Nepal. LI-BIRD is registered with the District Administrative Office of Kaski(Regd. No. 217/025/053) and affiliated with the Social Welfare Council (Regd. No. 3394).

‘विश्वव्यापी भोकमरीसम्बन्धी प्रतिवेदन, २०१९

Posted on: 12/5/2019

प्रेस विज्ञप्ति

काठमाडौँ, मङ्सिर १९ गते

वेल्टहङ्गरहिल्फे कन्सर्न वल्र्डवाइड नामक संस्थाले संयुक्त रूपमा गरेको अध्ययनका आधारमा भोकमरीसम्बन्धी विश्वव्यापी सूचकाङ्क (जि.एच.आई.), सन् २०१९ प्रकाशन गरिएको सो प्रतिवेदनको आधारमा विश्वमा भोकमरीसम्बन्धी अध्ययन गरिएका ११७ मुलुकहरूमध्ये नेपाल ७३ औँ स्थानमा रहेको

वेल्टहङ्गरहिल्फे नेपालको साझेदारीमाजैविक विविधता, अनुुसन्धान तथा विकासका लागी स्थानीय पहल’ (लीबर्ड)द्वारा आज नेपालमा यो प्रतिवेदन सार्वजनिक गरिएको हो प्रतिवेदनले विश्वका मुलुकहरूको भोकमरीको अवस्थालाई न्यून भोक, मध्यम भोक, गम्भीर प्रकृतिको भोक, भयावह भोक अति भयावह भोक गरी पाँच तहमा स्तरीकरण गरेको यस प्रतिवेदनअनुसार नेपालको स्थितिगम्भीर प्रकतिअन्तर्गत पर्दछ अध्ययनमा समेटिएका दक्षिण एसियाली मुलुकहरूको तुलना गर्दा नेपालको अवस्था श्रीलंकाको भन्दा कमजोर तर बङ्गलादेश, पाकिस्तान, भारत अफगानिस्तानको भन्दा राम्रो भुटान माल्दिभ्स यस अध्ययनमा समेटिएका छैनन् छिमेकी मुलुक चीन २५औँ भारत १०२ औँ स्थानमा छन्

जिएचआई सूचकाङ्कका लागि मुलुकहरूको स्थिति अध्ययन गर्दा त्यहाँ रहेको अल्पपोषित जनसङ्ख्या, बाल ख्याउटेपन, बाल पुड्कोपन बालमृत्युलाई प्रमुख आधारको रूपमा लिइएको यी चारै प्रकारका तथ्याङ्कीय विवरण उपलब्ध हुन सकेका ११७ वटा मुलुक मात्र यस अध्ययनमा समेटिएको प्रतिवेदनमा उल्लेख गरिएको अध्ययनमा समेटिएका मुलुकहरूमध्येमध्य अफ्रिकी गणतन्त्रसबैभन्दा पछाडि अर्थात् ११७ औँ स्थानमा रहेको अति भयावहअवस्थाबाट गुज्रिरहेको चाड, माडागास्कर, यमन जाम्बियाको अवस्थाभयावहवर्गमा परेको प्रतिवेदनमा वर्गीकरण गरिएका विश्वका ११७ मुलुकहरूमध्ये ४३ वटा मुलुकको भोकमरीको अवस्थागम्भीर भने ४६ मुलुकहरूमा भोकमरीन्यूनरहेको  

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ), विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), विश्व बालकोष (युनिसेफ), विश्व बैङ्क, जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (डिएचएस) बालमृत्युको अनुमानसम्बन्धी राष्ट्रसङ्घीय अन्तरनिकाय समूह (युएन आइजीएमई)बाट लिइएका विवरणका आधारमा सन् २०१४ देखि सन् २०१८ सम्मका तथ्याङ्कहरूलाई समेटी यो प्रतिवेदन तयार पारिएको अध्ययनकर्ताहरूले जनाएका छन् क्षेत्रीय रूपमा विश्लेषण गर्दा दक्षिण एसिया दक्षिण अफ्रिकी सहारा क्षेत्रमा भोकमरीको स्थिति अन्य क्षेत्रमा भन्दा बढी रहेको पाइएको  

पछिल्लो दुई दशकको अवधिमा विश्वव्यापी रूपमै भोकमरी न्यून पोषणमा कमी ल्याउन महत्वपूर्ण प्रगति हासिल भएतापनि भोकमरी न्यूनीकरणको यात्रा लामो चुनौतीपूर्ण नै रहने प्रतिवेदनले जनाएको विभिन्न मुलुकहरूमा जारी हिंसात्मक द्वन्द्व विश्वमा देखा परेको जलवायु परिवर्तनलाई भोकमरीको स्थिति अझै कमजोर बनाउने कारकको रूपमा औँल्याइएको विषम मौसमी घटनाक्रमले खाद्य उत्पादन खाद्य सुरक्षालाई जोखिममा पारेको जनाउँदै प्रतिवेदनमा विश्वव्यापी रूपमा जलवायु परिवर्तनसँग जोडिएका विषम मौसमी घटनाक्रमको सङ्ख्या तीव्रता अझै बढ्ने आकलन गरिएको यी परिवर्तनहरूले अन्ततोगत्वा विश्वभर नै व्यापक स्तरमा खाद्य प्रणाली मानव जीवनमा समेत असर पार्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएको  

जलवायु परिवर्तनका कारण सिर्जित खाद्य सुरक्षामाथिको चुनौती सामना गर्न हाल सञ्चालन गरिएका क्रियाकलापहरू अपर्याप्त रहेको जनाउँदै प्रतिवेदनले औँल्याएका नीतिगत सुझावहरूको सार निम्नानुसार रहेको  : 

  • सरकार दातृनिकायहरूले विभिन्न ठाउँको विशिष्ट परिस्थितिअनुसार जलवायु परिवर्तनसँग अनुकूलन हुने रणनीतिको निर्माण कार्यान्वयन गर्दै दक्षिणी मुलुकहरूका जोखिममा परेका समुदाय (जस्तै साना किसान) मा लगानी बढाउनु पर्दछ ताकी विपद् जोखिम न्यूनीकरण खाद्य तथा पोषण सुरक्षा साथै खाद्य सम्प्रभूतालाई सबलीकृत गर्न मद्दत पुगोस् यसका लागि प्रयोग गरिने रणनीतिहरू स्थानीय आवश्यकतामा आधारित हुनु पर्दछ प्रभावित समुदायसँग सहकार्य गरेर निर्माण गरिनु पर्दछ साथै, उच्च आय भएका मुलुकहरूले हरितगृह ग्यास उत्सर्जन न्यून गर्नु पर्दछ  
  • खाद्यान्नको उत्पादन उपभोग ढाँचामा व्यापक रूपान्तरण गर्नु पर्दछ जसले गर्दा स्वस्थ, पोषणयुक्त एवम् दिगो आहार वा भोजनमा मानिसहरूको पहुँच सुनिश्चित हुन सकोस् विशेषगरी उच्च आय भएका वा भोकमरीको अवस्था नरहेका मुलुक तथा समाजमा खाद्यान्न खेर जाने अवस्था नरहोस्  
  • सरकारहरूले सर्वाधिक जोखिममा परेका मानिस क्षेत्रहरूमा वित्तीय सहायता बढाउनु पर्दछ विशेषगरी जलवायु परिवर्तन न्यूनीकरण वा अल्पीकरण अनुकूलनका लागि वित्तीय लगानीले मुख्य रूपमा अति कम विकसित मुलुकहरू (एलडीसी) लाई मद्दत गर्नु पर्दछ सरकारी विकास सहायता मार्फत् दिगो विकासका लागि स्रोत उपलब्ध गराउनुपर्दछ

थप जानकारीका लागि सम्पर्क :
भरत भण्डारी, मोबाइल नं. ९८५६०३७३१००, मेल: bbhandari@libird.org
सुशील घिमिरे, मोबाइल नंं. ९८६१२९३४६४, मेल: sushil.ghimire@welthungerhilfe.de

 



PRESS RELEASES
There are (0) new press releases