Press Releases

Local Initiatives for Biodiversity, Research and Development (LI-BIRD) is a non-profit making, non-governmental organization established in 1995 in Pokhara, Nepal. LI-BIRD is registered with the District Administrative Office of Kaski(Regd. No. 217/025/053) and affiliated with the Social Welfare Council (Regd. No. 3394).

२५ औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण २०७६

Posted on: 8/24/2019

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड)

रजत उत्सव जानकारी पत्र

 

२०७६ भदौ ७ गते,

२०५२ सालमा कास्की जिल्लामा गैरसरकारी संस्थाको रुपमा स्थापना भएको ली–बर्डले हालसम्म नेपालको कुनाकन्दरादेखि राष्ट्रिय र अन्तराष्ट्रिय मञ्चहरुमा आफ्नो उपस्थिति र पहिचान बनाउन सफल भएको छ । यो जानकारी पत्रमा आफ्नो स्थापना कालदेखि हालसम्म सञ्चालन गरेका कृषि जैविक विविधता, प्राकृतिक स्रोत व्यवस्थापन, जलवायु परिवर्तन र जीविकोपार्जन सुधार सम्बन्धी २५७ वटा परियोजनाहरु मार्फत प्रवर्धन गएिका मुख्य कामहरु छोटकरीमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । अन्त्यमा आर्थिक वर्ष २०७५÷२०७६ को आर्थिक, प्रशासनिक र परियोजनाहरुबारेको जानकारी पनि संक्षिप्तरुपमा राखिएको छ ।

पच्चीस वर्षमा ली–बर्डले गरेका केही महत्वपूर्ण कामहरुको झलक 

  • सहभागितामूलक बाली प्रजनन, जातीय सुधार तथा विस्तार ः कृषकहरुको प्रत्यक्ष संलग्नतामा नयाँ जात विकास गरिने सहभागितामूलक बाली प्रजनन तथा जातीय सुधार पद्धतिका लागि ली–बर्ड देश भित्र र बाहिर परिचित छ । विभिन्न साझेदार संघसंस्थाहरुसँगको सहकार्यमा ली–बर्डले हालसम्म यो पद्धतिबाट धानको ५ वटा जातहरु (पोखरेली जेठोबुढो, बर्षे ३००४, सुनौलो सुगन्धा, बर्षे २०१४ र बर्षे १०२७), मकैका २ वटा जातहरु (रेसुङ्गा कम्पोजिट र गुल्मी २) र लट्टेको एउटा जात (रामेछाप हरियो लट्टे) उन्मोचन वा दर्ता गर्न सफल भएको छ । साथै धान, कोदो, कागुनो, सिमी र चिनो बालीका आठ वटा स्थानीय जातहरु दर्ता हुने क्रममा रहेका छन् । ली–बर्डको यस अवधारण बंगलादेश र श्रीलंकामा समेत विस्तार भई त्यहाँ पनि उन्नत जातको विकास र स्थानीय जातहरुको छनोट भएका छन् ।

यसको अतिरिक्त ली–बर्डले स्थापनाकालदेखि नै कृषकहरुलाई देशभित्र र कतिपय देशबाहिर विकास भएका प्रविधिहरुको सहभागितामूलक परीक्षण र उपयुक्त ठहरिएका प्रविधिहरु साना तथा विपन्न कृषकहरुको पहुचमा पु¥याउने कार्य गरिरहेको छ । अनुसन्धान केन्द्र तथा बीउ कम्पनीहरुले विकास गरेका अन्नबाली, फलफूल, तरकारी आदिको बीउ तथा विरुवा र पशुपंछिका प्रजातीहरु छोटो अवधिमा नै कृषकको खेतबारीमा पुगेका छन् । उदाहरणका लागि हाल चितवन र नवलपरासी जिल्लाहरुमा व्यापक रुपमा खेती भईरहेको राजमा, स्वर्णा मसुली र हर्दिनाथ १ धान सन् १९९० को दशकको अन्त्यतिर ली–बर्डले नै परीक्षण र विस्तार गरेको हो । अन्यत्र विकास भएका जातहरुको परीक्षण र विस्तार कार्य निरन्तर चलि नै रहेको छ । यक्किन तथ्याङक त छैन, तर ली–बडर्ल होइन, लाखको संख्यामा नेपाली कृषकहरु लाभान्वित भइरहेका छन् । 

  • कृषि जैविक विविधता प्रवर्धन ः जैविक विविधतामा धनी भनेर चिनिएको हाम्रो देश यथास्थनीय कृषि जैविक विविधता व्यवस्थापन विषयमा गरिएका खोज, अनुसन्धान, विकास र नीति निर्माणमा पनि अग्रणी स्थानमा रहेको छ । वास्तवमा ली–बर्डको पहिलो परियोजना नै इसिमोडको सहयोगामा सन् १९९६ को मार्च महिनामा नेपालमा आयोजना गरिएको अन्तर्राष्ट्रिय कृषि जैविक विविधता गोष्ठी थियो । यसको सफल आयोजना पछि त्यति बेला नै ली–बर्डको सहजिकरणमा अन्य चार देशमा पनि त्यस्तै किसिमका गोष्ठीहरु आयोजना गरिएका थिए । त्यसपछि निरन्तर रुपमा आजसम्म पनि ली–बर्डले नेपाल कृषि अनुसन्धान परिषद्, वायोभर्सिटी ईन्टरनेशलन लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसँग समन्वय र सहकार्यमा कृषि जैविक विविधता प्रवर्धनको काम गरिरहेको छ । यथास्थानीय कृषि जैविक विविधता संरक्षणमा परीक्षण र विकास गरिएका दर्जनौ विधि, पद्धति र तौरतरिकाहरु यस क्षेत्रमा काम गर्ने संस्था र व्यक्तिहरुका लागि उदाहरण बनेको छ । नेपालमा सफल भएका कतिपय विधि तथा तौरतरिकाहरु दक्षिण तथा दक्षिणपूर्वि एशिया, अफ्रिका र मध्य तथा दक्षिण अमेरिकी देशहरुले अनुसरण गरिसकेका छन् ।
  • पारिवारिक पोषणका लागि घर बगैंचा व्यवस्थापन ः मुलधारको कृषि अनुसन्धान र प्रसार कार्यक्रममा अत्यन्त कम प्राथमिकतामा परेका थोरै जग्गा जमिन भएका साना तथा विपन्न कृषकहरुको पारिवारिक पोषण र आयआर्जनको अवस्थामा सुधार ल्याउन घरबगैंचा व्यवस्थापन पद्धतिको सफल रहयो । चार चरणमा १६ वर्ष सम्म सञ्चालन भएको यो कार्यक्रमबाट ५० हजार भन्दा बढी साना तथा विपन्न कृषकहरु लाभिान्वित भए । जीविकोपार्जनको आधार मुलतः ज्याला मजदुरी भएका तर उपलब्ध सानो टुक्रा जमिन पनि सदुपयोगमा ल्याउन नसकेका परिवारहरुलाई बीउ, विरुवा, पोषण शिक्षा, साना कृषि औजार र आवश्यक प्रविधि हस्तान्तरण गरी सीप र क्षमता विकासको माध्यमबाट उपलब्ध जमिनको सदुपयोग गराई ताजा तरकारी तथा फलफूल उत्पादन गर्न सहयोग पुग्यो, तरकारी किन्नमा खर्चहुने रकमको बचत भयो भने उलेख्य संख्यामा कृषकहरु बढी भएको उत्पादन विक्रीबाट नगद आम्दानी लिन सफल भए । यसका अलावा घरबगैंचा कार्यक्रम अति बिपन्न्न तथा दलीत महिला कृषकहरुको सशक्तिकरणका लागि समेत सफल सावित भएको छ । घरबगैंचा व्यवस्थापन कार्यक्रम व्यवस्थापन पद्धति नेपाल सरकारकोे कृषि प्रसार तथा तालिम कार्यक्रम र बहुक्षेत्रीय पोषण योजनामा समेत समावेश भईसकेको छ ।
  • जलवायु मैत्री कृषि प्रविधिहरुको परीक्षण र विस्तार ः जलवायु परिवर्तनको कारणले कृषि क्षेत्रमा पर्ने नकारात्मक असरलाई कम गर्दै साना तथा विपन्न वर्गका कृषकहरुको अनुकुलन क्षमता विकास गर्न पछिल्ला वर्षहरुमा महोत्तरी, सिराहा, उदयपुर, नवलपुर, बर्दिया, कैलाली जिल्लाहरुमा सौर्य उर्जामा आधारित सिंचाई, शुन्य खनजोत खेती प्रविधि, गोठ तथा भकारो सुधार, प्रतिकुल मौसमसँग जुध्नसक्ने बालीहरु (डढुवा रोग कम लाग्ने आलु, सुख्खा सहने धान आदि) को प्रवद्र्धन लगायतका जलवायुमैत्री कृषि प्रविधिहरुको पहिचन र विस्तार भइर्र हेको छ । उदाहरणका लागि बिगत चार वर्षमा ली–बर्डका विभिन्न परियोजनाहरुमार्फत सौर्य उर्जामा आधारित २२ वटा सिंचाई प्रणाली स्थापना भई लगभग १०० हेक्टर जग्गामा सिंचाई सुविधा पुगेको छ, जसबाट ५०० भन्दाबढी घरधुरीहरु लाभान्वित भइरहेका छन् । यी र यस्तै अन्य जलवायु मैत्री कृषि प्रविधिहरु प्याकेजको रुपमा विस्तार गर्ने गरी जलवायु मैत्री गाँउ कार्यक्रम सञ्चालनमा छ भने गण्डकी प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गरेको मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ कार्यक्रममा पनि सहकार्य भइरहेको छ ।
  • सामुदायिक बीउ बैंक ः स्थानीय बालीहरुको दिगो संरक्षण तथा उपयोग सुनिश्चित गर्न र कृषकहरुलाई शुलभरुपमा शुद्ध बीउको उपलब्धता बढाउने उद्धेश्ले विभिन्न परियोजना अन्तर्गत २०६० साल देखि हासम्म २३ वटा सामुदायिक बीउ बैंक स्थापना गर्न सहजिकरण गरेको छ । यी सामुदायिक बीउ बैंकहरुले ७० बालीहरुका १००० भन्दा बढी लोप हुन लागेका स्थानीय जातहरुको संरक्षण गरिरहेका छन् । साथै यी सामुदायिक बीउ बैंकहरुले स्थानीय कृषकहरुको आवश्यकता अनसार वार्षिकरुपमा २०० टनको हाराहारीमा स्थानीय तथा उन्नत जातका बीउ उत्पादन तथा विक्री वितरण गरिरहेका छन्, जसबाट प्रत्येक वर्ष १० हजार भन्दा बढी कृषकहरु लाभान्वित भईरहेका छन । नेपालको सामुदायिक बीउ बैंक सम्बन्धिको सिकाई तथा अनुभवहरु विभिन्न देशहरुमा विस्तार पनि भईरहेको छ ।
  • समुदायमा आधारित बीउ उत्पादन तथा बजारीकरण ः सन् १९९० को दशकमा कृषक समूहले उन्नत जातको अन्न बालीहरुको बीउ उत्पादन तथा विक्रीवितरण गर्ने चलन प्राय शुन्य थियो । तर हाल यो पद्धति देशव्यापी छ । चितवनका तीन ठुला बीउ उत्पादक कृषक समूहहरुको शुरुवात ली–बर्डको सहजिकरणमा भएको हो । पछि यो अवधारणा अन्य संस्थाहरुले पनि अनुसरण गरे र यो कार्यक्रम पछि सरकारी कार्यक्रमको रुपमा समेत कार्यान्वयनमा आयो । हालसालै संकलन गरिएको तथ्याङ्क अनुसार सात वटा समुदायमा आधारित बीउ उत्पादक कृषक समूहहरुले वार्षिकरुपमा विभिन्न बालीहरुको ३ हजार टन बीउ उत्पादन तथा विक्री वितरण गरिरहेको पाईएको छ । यसबाट उन्नत जातको बीउमा कृषकहरुको पहुँच र खाद्य सुरक्षमा पुगेको योगदान सहजै आँकलन गर्न सकिन्छ ।
  • विपन्न ग्रामिण कृषकहरुको जीविकोपार्जन सुधार ः ली–बर्डले हालसम्म विभिन्न परियोजना मार्फत सुन्सरीका भूमिहिन, बर्दिया र कैलालीका मुक्त कमैया, सिराहाका मुसहर, हुम्लाका र सल्यानका विपन्न वर्ग, सिन्धुपाल्चोकका थामी एवम् विभिन्न जिल्लामा वसोवास गर्ने दलितवर्ग गरी २० हजार भन्दा बढी घरधुरीका मानिसहरुको जीविकोपार्जन सुधारमा उल्लेखनीय योगदान पु¥याएको छ । भूमिहिनहरुका लागि भाडामा जग्गाको व्यवस्था एवम् कृषिका लागि चाहिने आवश्यक मल, बीउ, सिंचाई, औजार आदि सामग्रीहरु सहित सीप र  प्रविधि हरुतान्तरणको माध्यमबाट यो काम सम्भव भएको हो । पछिल्लो समयमा ली–बर्डको प्राथमिकता कृषि उद्यमशिलता तथा मुल्य श्रृखंलाको विकास मार्फतनिर्वाहमूखी कृषिलाई व्यवसायउन्मुख बनाई साना तथा बिपन्न कृषकहरुको खाद्य र पोषण सुरक्षा एवं आयआर्जन अभिबृद्दि तर्फ केद्ति छ ।
  • भूकम्प प्रभावित क्षेत्रहरुमा ली–बर्ड ः २०७२ सालको विनासकारी भूकम्पको चपेटामा परेका १२ जिल्लाका १५,४६३ घरपरिवारहरुलाई तत्कालै त्रिपाल, चामल, चिउरा, कम्बल लगायतका राहत सामग्री वितरण गर्नुका साथै प्रभावित घरपरिवारहरुलाई नियमित कृषिकार्यमा फर्काउन सहजिकरण गर्ने उद्धेश्यले ६६,८१७ घरपरिवारलाई कृषि औजार, बीउ, सिंचाई कुलो तथा खानेपानी मर्मत तथा प्राविधिक सहयोग उपलब्ध गराइयो । यसबाट पारिवारिक कृषि पुनःनिर्माणमा महत्वपुर्ण योगदान पुग्यो भने हाल ती मध्ये सिन्धुपाल्चोक जिल्लाका ३ हजार घरधुरीमा दीर्घकालिन रुपमा आयआर्जन र जीविकोपार्जनमा सुधार ल्याउने उद्धेश्यले तीनवटा परियोजनाहरु सञ्चालनमा छन् ।
  • समुदायको सशक्तिकरण तथा स्थानीय साझेदार संस्थाहरुको क्षमता विकास ः ली–बर्डले परियोजना मार्फत जहाँ जेकाम गर्छ, त्यो दिगो होस् अर्थात गरेका राम्रा कामहरुको प्रभाव दीर्घकालसम्म रहिरहोस् भन्ने सोच राख्दछ । त्यसका लागि नयाँ बीउबीजन, प्रविधि र तौरतरिकाहरु परीक्षण र विस्तार गर्नेक्रममा स्थानीय कृषक समूह, सहकारी, सामुदायिक संस्था, सामुदायिक वन र साझेदार संस्थाहरुको क्षमता विकास र सशक्तिकरणमा विशेष जोड दिएर काम ग¥यो । प्राविधिक पक्षको अलावा सामुदायिक तथा साझेदार संस्थाहरुको संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहितामा ली–बर्डले विशेष जाडे दिने गर्दछ । परियोजनाहरु समाप्त भएपछि पनि सञ्चालनमा रहेका समुदायमा आधारित स्थानीय संस्था, बीउ उत्पादक कृषक समूहहरु, सामुदायिक बीउ बैंक, सहकारी आदि त्यसैको उपज हुन् । परियोजनाको कामसँग सम्बन्धित भएर नेपाल, भारत, बंगलादेश, श्रीलंका आदि देशका साझेदार गैरसरकारी निकायहरुको क्षमता विकासका लागि क्षेत्रीय स्तरका तालिम, गोष्ठी तथा भ्रमणहरुको आयोजना ग¥यो । केही वर्ष पहिला देखि नेदरल्याण्डको वागेनिगन विश्वविद्यालयसँगको समन्वयमा पोखरामा कृषि जैविकि विविधता तथा बीउ विषयमा अन्तर्राष्ट्रिय स्तरको तीन हप्ते तालिम सञ्चालन गरिरहेको छ । यसबाट ली–बर्डले गरेका कामहरु अन्य देशमा विस्तार गर्न मद्यत पुगिरहेको छ ।
  • नीतिगत अनुसन्धान तथा पैरवी ः ली–बर्डले कृषि जैविक विविधता नीति २०६३ (पहिलो संशोधन २०७१) मा नीति निर्माण समितिको सदस्य भएर काम ग¥यो । यस नीतिमा ली–बर्ड, नेपाल कृषि अनुसन्धान परिषद् र वायोभर्सिटी सहितका संस्थाहरुसँगको सहकार्यमा विकास गरिएका समुदायमा आधारित कृषि जैविक विविधता व्यवस्थापनका अधिकांश विधि तथा तौरतरिकाहरु समावशे गरिएका छन् । यो नीति कार्यान्वयन समितिमा पनि ली–बर्ड सदस्य रहेको छ । कृषि जैविक विविधता संरक्षण, बीउमा कृषक अधिकार आदि विषयमा अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि ली–बर्डको सशक्त उपस्थिति रहेको छ । सहभागितामूलक विधिबाट विकास गरिएका जातहरु सिफारिस वा दर्ताका लागि सहभागितामूलक विधिबाट संकलन गरिएको तथ्याङकसंलग्न गर्न पाउने प्रावधान थप गर्न सकिएको थियो भने, बीउसँग सम्बन्धित नीति नियमहरुमा कृषक अधिकारसँग बाँझिने धाराहरुको संशोधनमा पनि ली–बर्डले भूमिका खेलेको थियो । त्यसैगरी बि.एस.सी. तहमा कृषि जैविक विविधता सम्बन्धि कोर्ष समावेश गर्न आवश्यक सहजिकरण गरेको थियो ।

आर्थिक वर्ष २०७५÷०७६ को आर्थिक, प्रशासनिक र परियोजनाबारे जानकारी

  • गत आर्थिक वर्षमा ली–बर्डले नेपालका ३४ जिल्लाका ५३ नगरपालिका र १०९ वटा गाउँपालिकाहरूमा १८ वटा परियोजनाहरू कार्यान्वयन ग¥यो । यी परियोजनाहरूबाट १ लाख ४ हजार ९ सय ५१ घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित भए ।
  • आ.व. २०७५÷०७६ मा ली–बर्डको कूल खर्च रू १६ करोड ५ लाख ४२ हजार ९० रूपैयाँ रहेको थियो । कूल बजेट मध्ये कार्यक्रम तर्फ रू १३ करोड २ लाख ९७ हजार ८ सय ६२ रूपैयाँ (८१ प्रतिशत) र प्रशासनिक तर्फ रू ३ करोड २ लाख ४४ हजार २२७ रूपैयाँ (१९ प्रतिशत) खर्च भएको थियो ।
  • आ.व. २०७५ र७६ मा ली–बर्डले नेपाल सरकारको आन्तरिक राजस्व कार्यालय पोखरामा विभिन्न शिर्षक अन्तर्गत ५५ लाख ७६ हजार ३२ रुपैया कर दाखिला गरेको छ ।
  • ली–बर्डमा हाल ७० जना पूर्णकालीन र १७ जना आंशिक कर्मचारीहरू कार्यरत छन् ।
  • गत आ.व. भित्र ली–बर्डले नयाँ दातृ निकायहरू ब्रेड फर द वल्र्ड (जर्मनी), वातावरण, खाद्य तथा ग्रामीण मामिला विभाग (डार्विन इनिसिएटिभ) यु.के., सिडा÷अक्सफाम, , एशियन विपद् पूर्वतयारी केन्द्र, आइ.सी.एल.इ.आई (दक्षिण एशिया) सँग सहकार्य प्रारम्भ गरेको छ भने अन्य दातृ निकायहरूसँग पनि समन्वय र सहकार्य भइरहेको छ ।

थप जानकारीका लागि सम्पर्क ः

ली–बर्ड, प्रधान कार्यालय, गह्रपाटन, पोखरा, फोन नं. ०६१ ५३ ५३५७, इमेल ः info@libird.org
कार्यक्रम समन्वय कार्यालय, ललितपुर, फोन नं. ०१ ५५ ४०३३०



PRESS RELEASES
There are (0) new press releases