Press Releases

Local Initiatives for Biodiversity, Research and Development (LI-BIRD) is a non-profit making, non-governmental organization established in 1995 in Pokhara, Nepal. LI-BIRD is registered with the District Administrative Office of Kaski(Regd. No. 217/025/053) and affiliated with the Social Welfare Council (Regd. No. 3394).

२३ औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण २०७४

Posted on: 9/10/2017

२०७४ भदौ २४ गते, शनिवार, पोखरा ।   

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड) २३ वर्षमा प्रवेश गरेको छ यसै सन्दर्भमा, ली-बर्डले आफ्नो २३ औं बार्षिक साधारण सभा तथा संस्थाको सामाजिक परीक्षण कार्यक्रम २०७४ भदौ २४ गते, शनिवार, पोखरामा आयोजना गरेको छ । यस वर्षको साधारण सभाले नयाँ कार्यकारिणी समितिको पनि चयन गर्नेछ । 

वि।सं। २०५२ मा कास्की जिल्लामा गैरसरकारी संस्थाको रूपमा स्थापना भई देशका विभिन्न भौगोलिक क्षेत्रमा कार्यरत ली-बर्डले हालसम्म कृषि, जैविक विविधता, वन, जलवायु परिवर्तन र वातावरणसम्बन्धी २ सय ३९ परियोजनाहरू सफल रूपमा सम्पन्न गरिसकेको छ भने हाल १३ वटा परियोजनाहरू सञ्चालनरत छन् । यी परियोजनाहरूमार्फत नेपालका ३२ जिल्लाका ५३ नगरपालिका र १०६ वटा गाउँपालिकाहरूमा बसोबास गर्ने ९८ हजार २ सय २० घरधुरीहरू प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन्  l

आर्थिक वर्ष २०७३र७४ मा ३७ करोड ३३ लाख ३९ हजार ३ सय १७ रूपैंया (कार्यक्रम कृयाकलापमा २७ करोड ८६ लाख ३८ हजार ३ सय ९६ रूपैयाँ र कर्मचारी तथा कार्यालय व्यवस्थापनमा ९ करोड ४७ लाख ९ सय २० रूपैयाँ)  खर्च भएको छ । ली–बर्डमा हाल १०० जना पूर्णकालीन र ३० जना आंशिक कर्मचारी कार्यरत छन् । आ।व। २०७३र७४ मा ली–बर्डले नेपाल सरकार आन्तरिक राजस्व कार्यालय पोखरामा ९४ लाख ६२ हजार ९ सय २५ रूपैयाँ कर विभिन्न शिर्षक अन्तर्गत दाखिला गरेको  छ ।

आर्थिक वर्ष २०७३र०७४ का उल्लेखनीय उपलब्धी तथा पहलहरू  बुँदागत रूपमा यहाँ प्रस्तुत गरिएको छः  

  • ली-बर्डले यसै आर्थिक वर्षदेखि लागू हुने गरी आगामी पाँच वर्षको अनुसन्धान तथा विकास रणनीति तयार  गरी कार्यन्वयनमा ल्याएको छ । ग्रामीण भेगमा बसोवास गर्ने र खाद्यान्नको उच्च जोखिममा परेका समुदायस वैदेशिक रोजगारीबाट फर्किएका युवा तथा महिलास जलवायु र प्राकृतिक प्रकोपको जोखिममा परेका समुदायस जमिन कम भएका सीमान्तकृत समुदाय र शहर र गाउँको बीचमा रहेर कृषिकर्म गरिरहेका कृषकहरू यसका लक्षित समूह हुन् । खाद्यन्न तथा पोषण सुरक्षाका लागि कृषि अन्वेषणस आम्दानी तथा रोजगारीका लागि समावेशी आर्थिक वृद्धिस जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोपजन्य जोखिम न्यूनीकरणका लागि सामुदायिक समानुकूलनस दिगो जीविकोपार्जनका लागि जैविक विविधता तथा वातावरणीय सेवाहरू यो अविधमा सञ्चालन  गरिने यसका चार रणनीतिक कार्यक्रमहरू रहेका छन् । 
  • ली-बर्डले हालसम्म विकास गरेका प्रविधि र हासिल गरेका असल अभ्यास र सिकार्इहरूलार्इ आवश्यकता तथा मागमा आधारित  तालिम  (Tailor-made Training) मार्फत सम्बन्धित सरोकारवालाहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा प्रशिक्षणहरू सञ्चालन गर्दै आएको छ । गत आर्थिक वर्षमा ली-बर्डले नौ वटा तालिमहरूमार्फत १ सय ५८ जना सहभागीहरूलार्इ प्रशिक्षित गरेको छ भने यस कार्यलाइ थप विकसित गर्दै निकट भविष्यमा एक वहुउद्देशीय एकेडेमी स्थापना गर्ने लक्ष्य लिएको  छ । एकेडेमी स्थापना र सञ्चालनका लागि पोखरा–लेखनाथ महानगरपालिका र ली-बर्डबिच प्रारम्भिक छलफल भर्इ सो प्रकिया सकारात्मक रूपमा अगाडि बढिरहेको छ । 
  • ली-बर्डले कोदो, लट्टे, फापर, चिनो, कागुनो लगायतका विभिन्न स्थानीय बालीहरूको खोजी, विविधता विश्लेषण एवम् छनोटमार्फत जातीय सुधार, बीउ उत्पादन र दर्ता जस्ता कार्यहरू गरी यी बालीहरूको प्रवर्धन गरिरहेको छ । यसै क्रममा नेपाल कृषि अनुसन्धान परिषद ९नार्क० र बायोभर्सिटी इन्टरनेशलको साझेदारीमा गरिएको अनुसन्धानबाट राम्रो देखिएको हरियो सागका लागि उपयुक्त लट्टेको स्थानीय जात ‘रामेछाप हरियो’ लार्इ यस वर्ष दर्ता गर्ने उद्देश्यले जातिय उन्मोचन तथा दर्ता समितिको स्थलगत अवलोकन गरार्इ प्रक्रिया अगाडि बढाइएको छ । यसका अलावा ली-बर्डको सहयोग तथा सहजीकरणमा समुदायले नै सञ्चालन गर्ने गरी स्थापना गरिएका नेपालभरका २१ वटा सामुदायिक बीउ बैंकहरूमार्फत कृषकहरूले ६२ बालीहरूका १ हजार १७ स्थानीय जातहरूको संरक्षण र प्रवर्धन गर्दै गत वर्ष ७ हजार ५२ घरधुरीलार्इ उनीहरूको आवश्यकता अनुसारका स्थानीय तथा उन्नत जातका बीउ सहज रूपमा उपलब्ध गराइरहेका छन् । यी सामुदाियक बीउ बैंकहरूले गत आर्थिक वर्ष कूल १ सय ८७ टन बीउ उत्पादन र बिक्रिमार्फत आयआर्जन समेत गर्न सफल भएका छन् ।  
  • ली-बर्डले हालै सल्यान जिल्लामा सञ्चालित सीमान्तकृत समुदायहरूको जीविकोपार्जन सुधार परियोजनामार्फत त्यस जिल्लाका कृषकहरूलार्इ सुलभ रूपमा वित्तीय स्रोतमा पहुँचका लागि १० लाख रूपैंयाको मूल्य श्रृङ्खला विकास कोष स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त कोषका लागि महिला सहयात्री माइक्रो फाइनान्स वित्तिय संस्थासँग सहकार्य गरी कृषकहरूलार्इ सहज रूपमा  आफूले चाहेको व्यावसायमा लागानी गर्न सहयोग पुर्याएको छ । यस परियोजनाले १ हजार ५ सय घरधुरीलार्इ प्रत्यक्ष फाइदा हुने गरी त्यस भेगका प्रमुख पाँचवटा उत्पादनहरू बाख्रा, अदुवा, टिमूर, बेसार र ताजा तरकारीहरूको मूल्यश्रृङ्खला प्रवर्धन गरिरहेको छ ।
  • दिगो कृषि प्रविधि परियोजनाले प्राइभेट कम्पनीहरूको समेत सहभागितामा पहाडी भेगका कृषकहरूको आयश्रोत वृद्धि गर्दै महिलाहरूको कार्यबोझ घटाउने उद्देश्यले दिगो कृषि सामग्री र प्रविधिहरूको परीक्षण र प्रवर्धन गरिरहेको छ । परीक्षणबाट कृषकहरूले मन पराएका कृषि अभ्यासहरू जस्तैः बोरामा तरूल खेती गर्ने, मकै र अदुवाको अन्तरबाली, गह्राका डिलमा मस्याङ र गहत लगाउने आदि १२ सय १० घरधुरीले अपनाइ रहेका छन् । त्यसैगरी अनमोल बीउ प्रा।लि। मार्फत १९ हजार ५ सय ८८ घरधुरीले विभिन्न प्रविधिहरू जस्तैः मकै छोडाउने हाते औजार, झारपात सफा गर्ने दाँते, बीउ भण्डारण गर्ने विशेष खालको बोरा, आदि किनेर प्रयोग गरिरहेका छन् ।  
  • ली-बर्डले यस वर्ष जलवायु परिवर्तन, कृषि र खाद्य सुरक्षासम्बन्धी अनुसन्धान कार्यक्रम (CCAFS) र कृषि विकास मन्त्रालयसँगको सहकार्यमा अन्तराष्ट्रिय जलवायु मैत्री गाँउ गोष्ठी आयोजना गरि ४० जना विदेशी र ७० जना नेपाली विषेशज्ञहरूका बिचमा अन्तर्क्रिया गरार्इ नेपालमा जलवायू मैत्री गाँउ कार्यक्रम बिस्तारमा टेवा पुर्याएको छ । यसै वर्ष सफल रूपमा सम्पन्न भएको जलवायु मैत्री कृषि परियोजनाले पहाड र तराइ क्षेत्रका लागि उपयुक्त हुने १७ वटा जलवायु मैत्री कृषि प्रविधि तथा अभ्यासहरूको पहिचान गरी तिनीहरुको प्रवर्धन गर्ने रणनिती समेत तयार पारेको छ । यिनै पहल तथा अभ्यासहरूलार्इ मध्यनजर गर्दै कृषि विकास मन्त्रालयले ली-बर्डलार्इ नेपालको जलवायु परिवर्तन अनुकूलन योजना तर्जुमा गर्ने प्राविधिक समितिको सदस्यमा चयन गरेको छ । 
  • नेपालका साना कृषकहरुका लागि सौर्य उर्जामा आधारित सिँचाइ प्रविधि एक राम्रो विकल्पका रूपमा विकास र विस्तार भइरहेको सन्दर्भमा ली-बर्डले जलमैत्री कृषि परियोजनाहरू मार्फत नवलपरासी, बर्दिया, दाङ र महोत्तरी जिल्लाहरूमा १२ वटा सोलर सिँचाइ प्रणाली स्थापना गरेको छ, जसबाट २ सय ६५ घरधुरी लाभान्वित भएका छन् भने ७८।८ हेक्टर जमिनमा १२ महिना खेती गर्न सकिने गरि सिँचाइको सुविधा पुगेको छ ।  
  • ली-बर्डले कास्की जिल्लाको बेगनासताल र रूपाताल जलाधर क्षेत्रमा विभिन्न सरोकारवाला तथा स्थानीय सङ्घ-संस्थाहरूसँगको सहभागितामा ‘बेगनासताल रूपाताल जलाधार संरक्षण कोष’ स्थापना गर्न सफल भएको छ । उक्त कोष परिचालनमार्फत जलाधार क्षेत्रमा बसोबास गर्ने समुदायको जीविकोपार्जनमा सहयोग गर्दै वातावरणीय सेवाबापतको भुक्तानी प्रणालीलार्इ अझ परिस्कृत गर्दै लाने अपेक्षा गरिएको छ । ली-बर्डकै पहलमा सुन्दरीडाँडामा स्थापना भएको भ्यू–टावर तथा जैविक विविधता सूचना केन्द्र स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि आकर्षणको केन्द्रविन्दु बनेको छ । 
  • वि.सं. २०७२ को भूकम्पबाट अति प्रभावित कृषकहरूलार्इ लक्षित गरी ली-बर्डले तीन चरणको रणनीति तयार गरी पारिवारिक कृषि पुनः निर्माण कार्यक्रम कार्यन्वयनमा ल्याएको थियो । सिन्धुपाल्चोक, दोलखा, रामेछाप, खोटाङ, ओखलढुङ्गा र सिन्धुली जिल्लाका ६६ हजार ७ सय ६७ घरपरिवारहरू लाभान्वित भएको उक्त परियोजनाको दोस्रो चरण सफल रूपमा सम्पन्न भइ तेस्रो चरण अन्तर्गत ‘जिविकोपार्जन प्रवर्धन कार्यक्रम’ शुरू गरिएको छ। सिन्धुपाल्चोक जिल्लामा केन्द्रित तेस्रो चरणको कार्यक्रमले आगामी तीन वर्ष भित्र १५ सय घरधुरीहरूको खाद्यन्न तथा पोषण सुरक्षा, आम्दानी र समानूकलन क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

ली-बर्डले स्थानीय तहमा कृषक समूह, कृषि सहकारी, कृषि, वन तथा वातावरण समितिहरू मार्फत परियोजनाका क्रियाकलापहरू सञ्चालन गर्दछ  ित्यसैगरी कार्यक्रम सञ्चालन गर्दा स्थानीय निकाय, जिल्ला स्तरीय कार्यालयहरू र केन्द्रमा विभिन्न मन्त्रालय, विभाग, नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० र  विश्वविद्यालयहरूसँग आवश्यकता अनुसार समन्वय गर्दछ । यसका साथै अन्तर्राष्ट्रिय विश्व विश्वविद्यालयहरूसँग पनि सहकार्य गरी अनुसन्धान, विकास र क्षमता अभिवृद्धिका कार्यत्रमहरू पनि सञ्चालन भइरहेका छन् । ली-बर्डलाई आर्थिक सहयोग प्रदान गर्ने दातृ निकायहरूमा विकास कोष नर्वे, स्वीस सरकार विकास सहयोग, स्वीस रिसोर्स फाउन्डेसन, फिनल्याण्ड सरकार, विश्व वातावरण कोष, बायोभर्सिटी इन्टरनेशनल, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष, अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी संस्था, डायोकोनी क्याटोस्ट्रोफीन्हील्फे, जलवायु तथा विकाससम्बन्धी ज्ञान सञ्जाल, अन्तर्राष्ट्रिय कृषि अनुसन्धान परामर्श समूहको जलवायु परिवर्तन, कृषि र खाद्य सुरक्षासम्बन्धी कार्यक्रम, केएर नेपाल, डेनीस चर्च एड, बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग, वेल्ट हङ्गरहिल्फे, युएससी क्यानडा, सेभ द चिल्ड्रेन आदि रहेका छन् । 

ली-बर्डले देशको नयाँ संरचनाअनुसार स्थानीय, प्रान्तिय र संघिय सरकारसँग पर्याप्त समन्वय र साझेदारी गर्ने गरी आफ्नो काम गर्ने तौरतरिकामा समय सापेक्ष परिमार्जन गर्दै जानेछ । हामी २२ वर्षसम्मको हाम्रो विकास र अनुसन्धानको यात्रामा साथ दिनुहुने सम्पूर्ण विकास साझेदार तथा सरोकारवाला सङ्घ–संस्थाहरू, लक्षित समूह, सञ्चारगृह र सम्पूर्ण शुभचिन्तकहरूलार्इ निरन्तर सहयोग र साथका लागि हार्दिक आभार प्रकट गर्दछौं । त्यसैगरी स्थानीय निकाय, नेपाल सरकार र समाज कल्याण परिषद्लार्इ हाम्रो काम प्रति देखाउनु भएको सद्भाव, सहयोग  र प्रोत्साहनका निम्ति कृतज्ञ छौं ।  

अन्तमा, ली-बर्डको परिकल्पना र स्थापनामा अग्रणी भूमिका खेल्नु भएका संस्थापक सदस्य एवं वर्तमान कार्यकारिणी बोर्डका सदस्य वरिष्ठ कृषि वैज्ञानिक डा। भुवनरत्न स्थापितलार्इ गएको भदौ १२ गते गुमाउनु पर्दा हामीलाइ अति नै दुःख लागेको छ । ली–बर्डको स्थापना कालदेखि नै यसको संस्थागत विकास र जैविक विविधताको अनुसन्धान, संरक्षण तथा प्रवर्धनमा वहाँको उल्लेखनीय भूमिका रहेको छ । ली-बर्ड परिवार उहाँको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछ । 

 

थप जानकारीका लागि सम्पर्कः

भरत भण्डारी, कार्यक्रम कार्यान्वयन निर्देशक ्र फोन नं।  ०६१–५३५३५७,इमेलः info@libird.org



PRESS RELEASES
There are (0) new press releases