बोलपत्र आह्वान (Call For BID)

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) वि.सं. २०५२ मा पोखरामा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । ली–बर्ड प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनका लागि स्थानीय प्रयासहरूको पहिचान तथा प्रवद्र्धनका माध्यमबाट ग्रामिण भेगमा बसोवास गर्ने महिला, गरीब तथा सिमान्तकृत कृषक समुदायको जिविकोपार्जनमा सुधार ल्याउन प्रतिबद्ध छ । 

ली–बर्डद्वारा सञ्चालित Climate Resilient Agriculture परियोजनाका लागि निम्न दुई पाङ्ग्रे सवारी साधनहरु खरिद गर्नुपर्ने भएकोले इच्छुक तथा योग्य विक्रेतालाई यो सूचना प्रकाशित भएको मितिले ८ (आठ) दिन भित्र ली–बर्ड कार्यालय, गैह्रापाटन पोखरामा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ । 

आवश्यक सवारी साधनको विवरणः

क्र.सं.

सवारी साधनको विवरण

इकाइ

परिमाण

कैफियत

मोटरसाईकल

थान सवारी साधनको विवरण प्राविधिक फारममा उल्लेख गरिएको छ । 

स्कुटर

थान

सवारी साधनको विवरण प्राविधिक फारममा उल्लेख गरिएको छ । 
 
 
पेश भएका बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार ली–बर्डमा सुनिश्चित रहने छ । शिलबन्दी बोलपत्र संस्थाको केन्द्रीय कार्यलय, पोखरा अथवा कार्यक्रम समन्वय कार्यालय, सानेपामा मिति २०७५ पुस ६ गते बेलुका ५ः०० बजेभित्र दर्ता गराउनु पर्नेछ । बोलपत्र आवेदन फाराम (प्राविधिक फारम र वित्तिय फारम) मा संलग्न विवरणहरु तथा तिनमा उल्लेखित शर्तहरुलाई यसै सूचनाको अभिन्न अङ्ग मानी अनिवार्य रुपमा पूरा गर्नुपर्नेछ । प्राविधिक फारम र वित्तिय फारम ली–बर्डको केन्द्रीय कार्यालय, पोखरा, ली–बर्डको कार्यक्रम समन्वय कार्यालय, सानेपा तथा तलको लिंकबाट डाउनलोड गरेर प्राप्त गर्न सकिनेछ ।
 

अन्य जानकारीको लागिः
ली–बर्ड कार्यालय, गैह्रापाटन, पोखरा, पोष्ट बक्स नं. – ३२४, टेलिफोन नं.:– +९७७–६१–५२६८३४, ५३५३५७, इमेलः procurement@libird.org

Download Technical BID form 

Download Financial BID form