गाडी तथा मोटरसाईकल विक्रीमा

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) वि.सं. २०५२ मा पोखरामा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । ली–बर्ड प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनका लागि स्थानीय प्रयासहरूको पहिचान तथा प्रवद्र्धनका माध्यमबाट ग्रामिण भेगमा बसोवास गर्ने महिला, गरीब तथा सिमान्तकृत कृषक समुदायको जिविकोपार्जनमा सुधार ल्याउन प्रतिबद्ध छ । यस संस्थाको स्वामित्वमा रहेको चालु अवस्थाका तपशिलका जे जस्तो अवस्थामा रहेका गाडी र मोटरसाईकलहरु विक्रीमा रहेको हुँदा इच्छुक खरिदकर्तालाई मिति २०७५ मंसिर २४ गते भित्रमा निम्न ठेगानामा सम्पर्क गर्न आह्वान गरिन्छ ।  

पेश भएका कबोल फारम स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार ली–बर्डमा सुनिश्चित रहने छ । शिलबन्दी कबोल फारम ली–बर्डको प्रधान कार्यालय, गैह्रापाटन, पोखरा अथवा ली–बर्डको कार्यक्रम समन्वय कार्यालय, सानेपा, ललितपुरमा मिति २०७५ मंसिर २४ गते बेलुका ५ः०० बजेभित्र दर्ता गराउनु पर्नेछ । कबोल फाराममा संलग्न विवरणहरु तथा तिनमा उल्लेखित शर्तहरुलाई यसै सूचनाको अभिन्न अङ्ग मानी अनिवार्य रुपमा पूरा गर्नुपर्नेछ । कबोल फारम ली–बर्डको प्रधान कार्यालय, पोखरा तथा कार्यक्रम समन्वय कार्यालय, ललितपुरका साथै ली–बर्डको वेबसाईटबाट डाउनलोड गरेर प्राप्त गर्न सकिनेछ ।

Download Vehicle Form
Download Motorcycle Form

अन्य जानकारीको लागिः
ली–बर्ड प्रधान कार्यालय,                                                 ली–बर्ड कार्यक्रम समन्वय कार्यालय
गैह्रापाटन, पोखरा,                                                             सानेपा, ललितपुर
पोष्ट बक्स नं. – ३२४,                                                          फोनः +९७७–०१–५५४०३३०
टेलिफोन नं.– +९७७–६१–५२६८३४, ५३५३५७