गाडी विक्रीमा

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) वि.सं. २०५२ मा पोखरामा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । ली–बर्ड प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनका लागि स्थानीय प्रयासहरूको पहिचान तथा प्रवद्र्धनका माध्यमबाट ग्रामिण भेगमा बसोवास गर्ने महिला, गरीव तथा सिमान्तकृत कृषक समुदायको जिविकोपार्जनमा सुधार ल्याउन प्रतिबद्ध छ । यस संस्थाको स्वामित्वमा रहेको चालु अवस्थाका तपशिलका जे जस्तो अवस्थामा रहेका गाडीहरु विक्रीमा रहेको हुँदा इच्छुक खरिदकर्तालाई मिति २०७४ जेठ १८ गते भित्रमा तल उल्लेख गरीएको ठेगानामा सम्पर्क गर्न आह्वान गरिन्छ ।

गाडीको विवरणः

क्र.सं.

गाडीको प्रकार

गाडी नं.

मोडल

जापानीज मित्सुबिसी पजेरो

ग २ च १३४०

२००७

सुमो ग्रान्डे जि. एक्स.

ग १ च ८९०४

२०१३


पेश भएका कबोल फाराम स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार ली–बर्डमा सुनिश्चित रहने छ । शिलबन्दी कबोल फाराम ली–बर्डको प्रधान कार्यालय, गैह्रापाटन, पोखरा अथवा ली–बर्डको कार्यक्रम समन्वय कार्यालय, सानेपा, ललितपुरमा मिति २०७४ जेठ १८  गते बेलुका ५ः०० बजेभित्र दर्ता गराउनु पर्नेछ । कबोल फाराममा संलग्न विवरणहरु तथा तिनमा उल्लेखित शर्तहरुलाई यसै सूचनाको अभिन्न अङ्ग मानी अनिवार्य रुपमा पूरा गर्नुपर्नेछ । कबोल फाराम ली–बर्डको प्रधान कार्यालय, पोखरा तथा कार्यक्रम समन्वय कार्यालय, ललितपुरका साथै तलकाे लिंकबाट डाउनलोड गरेर प्राप्त गर्न सकिनेछ ।

अन्य जानकारीका लागिः

ली–बर्ड
प्रधान कार्यालय
गैह्रापाटन, पोखरा, पोष्ट बक्स नं. – ३२४,
टेलिफोन नं.– +९७७–०६१–५२६८३४, ५३५३५७

 

ली–बर्ड
कार्यक्रम समन्वय कार्यालय
सानेपा, ललितपुर
फोनः +९७७–०१–५५४०३३०

Download Auction Form